चैत-१४ २०७७- बैजनाथ बाँके

स्थानिय स्तरमा बजेट निर्माण प्रक्रिया विषयक १ दिने अभिमुखिकरण गाेष्ठी शनिबार सम्पन्न भएकाे छ ।
कारितास नेपाल काे अार्थिक सहयाेग तथा श्री जानकी ग्रामिण उत्थान कृषि सहकारी संस्था लि काे अायाेजनामा शनिबार बैजनाथ-७ पेडारीमा उक्त गाेष्ठी सम्पन्न भएकाे हाे । बैजनाथ-७ नं. का वडा अध्यक्ष सिताराम थारुकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा स्थानिय स्तरमा बजेट निर्माण प्रकृयाकाे विषयमा बैजनाथ गाँउपालिका का याेजना अधिकृत डाेटी नेपाली सहजीकरण गर्नुभएकाे थियाे ।”स्थानिय स्तरमा बजेट निर्धारण गर्दा वडा स्तरकाे बजेटमा सम्पूर्ण वडाबासीहरुकाे महत्वपूर्ण भुमिका रहने भएकाे हुनाले सबैकाे सहयाेगकाे खाँचाे रहेकाे बताउनु भयाे । कार्यक्रमकाे उदघाटन शत्रलाई समापन गर्दै कार्यक्रमका सभापति तथा जानकी ग्रामीण उत्थान कृषि सहकारी संस्था लि.का अध्यक्ष दिनेश कुमार थारुले विभिन्न शिर्षकहरुमा बजेट निर्धारण हुने भएकाले अब अाउने अार्थिक बर्षकाे बजेट निर्माण प्रकृयामा सम्पुर्ण सहभागिहरुलाई विशेष ध्यान दिन अाग्रह गर्नुभयाे ।कार्यक्रममा कारीतास नेपाल बर्दिया फिल्ड संयाेजक खम्ब बस्नेत विभिन्न स्थानिय स्तरका संघ संस्थाका पदाधिकारीहरु र संस्थाका शेयर सदस्यहरूकाे सहभागीता रहेकाे थियाे भने कार्यक्रम संस्थाका व्यवस्थापक मनाेज कुमार थारूले सन्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here