बैजनाथ–२० कात्तिक

‘रेडियो फेमस एफ.एम’
बाँकेको बैजनाथ गाउँपालिकामा सन्चालनमा आएका खानेपानी आयोजना मध्ये पेडारी खानेपानी आयोजनाको सम्पुर्ण काम सप्पन्न भएको छ । बैजनाथ गाँउपालिका वडा नंं ७ पेडारीमा रहेको पेडारी खानेपानी योजना आगामी एक महिनाभित्र ७ नं. वडाका बासिन्दाहरुले खानेपानी उपभोग गर्न पाउने पेडारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष देउता प्रशाद थारुले बताउनुभयो । कुल ७०० सय घरधुरी मध्ये २ सय २१ घर धुरिले खानेपानीको धारा जडान गरेका छन् भने अन्य बाँकी रहेका घरधुरिलाई अति बिपन्न र संघ सस्था तथा सार्बजनिक स्थानहरुमा स्थानीय वडा द्वारा निशुल्क खानेपानी धारा जडान गरिने बैजनाथ गाउँपालिका ७ का अध्यक्ष सिताराम थारु ले बताउनुभयो ।
पेडारी खानेपानी उपभोक्ता समिति २०७२ सालमा स्थापना भई २०७३ सालमा काम थालनि भएको हो । यो खानेपानी आयोजना बैजनाथ गाउँपालिका मा भएका खानेपानी मध्ये सबैभन्दा कान्छो आयोजना भएतापनी सबैभन्दा पहिले आफ्नो सेवा सुचारु गर्दैछ । करिब ६ करोडको लागत अनुमान गरिएको यस आयोजनामा हालसम्म करिब ४ करोड खर्च भएको छ । दशैं अगाबै खानेपानी बितरण गर्ने योजना थियो खानेपानी शुचारु गर्न विद्युत प्राधिकरण बाट नै ढिला फ्युज आएपछि खानेपानीको धारामा पानी पुग्न बाट बन्चित भएको हो भने विद्युतको ढिलाईले गर्दा फ्युज र ट्रासफार्म जडान गर्न र कोरोना को कारण पनि सेवा शुचारु गर्न ढिला सुस्ती भएको हो तर अब २० दिन देखी १ महिना भित्र सबैको घरमा खानेपानी पुग्ने पेडारी खानेपानी तथा सरसफाइ समिति का अध्यक्ष देउता प्रशाद थारुले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here